प्रतिनिधि चयनमा असन्तुष्ट भीम रावलले राखे फरक मत – Nepal Press

प्रतिनिधि चयनमा असन्तुष्ट भीम रावलले राखे फरक मत

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि चयनको विषयमा असन्तुष्टि जनाउँदै पार्टीकाे स्थायी कमिटी बैठकमा फरक मत राखेका छन्।

प्रतिनिधि चयनको प्रक्रिया, पार्टी निर्णय र विधि अवलम्बन नगरी भएको निर्णयका विरुद्ध नेतृत्वको ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएको भन्दै रावलले फरक मत दर्ज गराएका हुन्।

स्वेच्छाचारी किसिमले भएको प्रतिनिधि चयनप्रति विरोध जनाएर १२ सय २३ जना पार्टी सदस्यहरुले हस्ताक्षर गरी निर्वाचनको माग गरिएको भएपनि कुनै सुनुवाई नभएको रावलको भनाई छ।

रावल समहूले कैलालीमा छुट्दै निर्वाचन गरेर प्रतिनिधि चयन समेत गरेका थियो । तर, पार्टीले त्यसलाई मान्यता नदिएपछि उनी असन्तुष्ट बनेका हुन्।

विधिसम्मत प्रतिनिधि चयन नभएको भन्दै रावले पार्टी अध्यक्ष केपी शर्मा ओलीर संगठन विभाग प्रमुख विष्णु पौडेलको ध्यानाकर्षण गराएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर