बुधबार ३३२ जना कोभिड संक्रमित थपिए, ४ जनाको मृत्यु – Nepal Press

बुधबार ३३२ जना कोभिड संक्रमित थपिए, ४ जनाको मृत्यु

स्वास्थ्य मन्त्रालयद्वारा खोप लगाउन आह्वान

काठमाडौं । मंसिर लागेयता मुलुकको दैनिक संक्रमण दर ४ प्रतिशतकै आसपासमा छ । पछिल्लो २४ घण्टामा ३३२ जना कोभिड–१९ संक्रमित थपिएका छन् ।

बुधबार भक्तपुरमा ११, ललितपुरमा २६ र काठमाडौंमा १४४ गरी उपत्यकामा १८१ जना कोभिड संक्रमित थपिएका छन् ।

सोही अवधिमा २३२ जना निको भएका छन् । थप ४ जना कोभिड संक्रमित थपिएका छन् । १ लाख ४७ हजारले कोभिडविरुद्धको खोप लगाएका छन् ।

आजसम्म मुलुकमा ७ हजार ३६९ जना सक्रिय संक्रमित छन् । स्वास्थ्य मन्त्रालयद्वारा बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा सहप्रवक्ता डा. समीर अधिकारीले काठमाडौंका चारवटै नाकाबाट खोप लगाउन सुरु गरिएको बताए ।

उनले सबै नागरिकलाई खोप लगाउन आग्रह गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर