कांग्रेस अधिवेशन: अछाम १ मा खसेको भन्दा १८ मत बढी भेटियो – Nepal Press

कांग्रेस अधिवेशन: अछाम १ मा खसेको भन्दा १८ मत बढी भेटियो

अछाम । नेपाली कांग्रेस अछामको दुवै निर्वाचन क्षेत्रमा म‌ंगलबार भएको अधिवेशनअन्तर्गतको चुनावको मतगणना भइरहेको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं। २ मा भने अन्तिम मत परिणाम सार्वजनिक हुने तयारीमा छ । निर्वाचन क्षेत्र नं। १ मा भने खसेको मतभन्दा बढी १८ मत पेटिकामा भेटिएका छन् । ७६४ मतदाता रहेको निर्वाचन क्षेत्रमा ७४७ मत खसेकोमा ७६५ मत पत्र भेटिएका छन् ।

खसेकोभन्दा बढी मतपत्र भेटिएपछि अहिले सरोकारवालाहरू छलफलमा जुटेको निर्वाचन अधिकृत गणेशप्रसाद ढुंगानाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *