कलम चम्किरहेको छ, ग्रहण लागिसकेको सूर्यको धाक नदेखाए हुन्छ : माधव नेपाल ( भिडिओ) – Nepal Press

कलम चम्किरहेको छ, ग्रहण लागिसकेको सूर्यको धाक नदेखाए हुन्छ : माधव नेपाल ( भिडिओ)

जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई सूर्य चिन्हको धाक नलगाउन चेतावनी दिएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागेको भन्दै धाक लगाएर हिँडिरहनु आवश्यक नरहेकाे बताए ।

बुधबार जनकपुरमा सञ्चारकर्मीहरुसँगै कुरा गर्दै नेता नेपालले आफ्नो पार्टीप्रति आकर्षण बढिरहेको कुरा सबैले महशुस गरिरहेको दावी पनि गरे ।

अध्यक्ष नेपालले आफ्नो पार्टीको चुनाव चिन्ह कलम चम्किरहेको उल्लेख गर्दै मंसीर १५ गतदेखि कलम चिन्हको स्किटर लिएर आर्थिक संकलन गर्दै जनताको घरघरमा पुग्ने अभियान संचालन गर्ने घोषणा समेत गरे ।

उनले भने, ‘समाजवादको दिशामा अघि बढ्नका लागि समानताको, न्यायको, विकासको र समृद्धिको यी चार वटा विषयलाई केन्द्रविन्दुमा राखेर अगाडि बढिरहेको हुनाले भविष्य यो पार्टीको छ । मैले भन्ने गरेको छु–अब सूर्यको धाक नदेखाए हुन्छ । त्यसमा ग्रहण लागि सकेको छ । अब कलम चम्किरहेको छ ।’

उनले आफ्नो पार्टीले समाजवादको दिशामा अघि बढनका लागि समानता, न्याय, विकास र समृद्धिको विषयलाई केन्द्रविन्दुमा राखेर अघि बढिरहेको बताए ।

अध्यक्ष नेपालले प्रदेश २ को नामाकरण जनकपुर र राजधानी पनि जनकपुर नै राख्न उपयुक्त हुने धारणा समेत राखे ।

उनले मधेश प्रदेश बन्न सक्छ कि सक्दैन ? भन्ने स्थानीय सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा भने उनले जवाफ दिन चाहेनन् । मधेश प्रदेशकाे सन्दर्भमा राजनीतिक दलहरुबीच छलफल गरेर मात्रै केही बोल्न सकिने नेता नेपालकाे भनाइ थियाे ।


प्रतिक्रिया

One thought on “कलम चम्किरहेको छ, ग्रहण लागिसकेको सूर्यको धाक नदेखाए हुन्छ : माधव नेपाल ( भिडिओ)

  1. तपाईं नेपाल र नेपालीको पीडा हो मेरो अनुभवमा तपाईं नकचरो प्रवृत्ति देखाउनु हुन्छ यसले तपाईं दिन प्रतिदिन नास हुदैहुनु हुदै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर