दलहरुको महाधिवेशनपछि हामी एमसीसीमा केन्द्रित हुन्छौं : प्रचण्ड – Nepal Press

दलहरुको महाधिवेशनपछि हामी एमसीसीमा केन्द्रित हुन्छौं : प्रचण्ड

‘राष्ट्रिय सहमती जुटाएर अघि बढ्न म र प्रधानमन्त्रीजी सहमत छौं

काठमाडौं । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमती कायम गरेर अमेरिकी अनुदान सम्झौता (एमसीसी)लाई अघि बढाइने बताएका छन् ।

पार्टी कार्यक्रममा सहभागी हुन धनगढी पुगेका दाहालले दलहरुको महाधिवेशनपछि एमसीसीको विषयमा केन्द्रित हुने जानकारी दिए ।

उनले भने, ‘बुद्धिजिवी र नागरिक आन्दोलनमा लागेकाहरुको पनि राय सल्लाह लिएर, राष्ट्रिय सहमती बनाएर अघि जानेतर्फ हाम्रो प्रयास हुन्छ ।

अमेरिकी सहायक विदेशनमन्त्रीसँग कुरा गर्नुअघि प्रधानमन्त्री देउवासँग आफूले कमसेकम राष्ट्रिय सहमतीका लागि पहल गर्न आग्रह गरेको दाहालले बताए ।

‘यो कुरामा प्रधानमन्त्रीजी र मेरो सहमती पनि छ’ उनले भने । अर्को एक प्रश्नमा उनले न्यायलयको विवाद त्यहीँभित्रबाट समाधान नभए गठबन्धनले केही दिनमा एक कदम माथि उठेर निर्णय लिने समेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर