मनीषा कोइरालाको नजरमा कंगना ‘प्रतिभावान’, आलिया र रणवीरको पनि गरिन् प्रशंसा ! – Nepal Press

मनीषा कोइरालाको नजरमा कंगना ‘प्रतिभावान’, आलिया र रणवीरको पनि गरिन् प्रशंसा !

काठमाडौं । अभिनेत्री मनीषा कोइराला बेला-बेलामा चर्चामा आइरहिन्छन् । उनी यसपटक भने आफ्ना अभिव्यक्तिलाई लिएर बलिउड मिडियाको केन्द्रमा छिन् । पिंकभिल्ला पोर्टलसँगको अन्तवार्तामा मनीषाले बलिउड अभिनेत्री कंगना रनावतलाई प्रतिभावानको संज्ञा दिएकी छिन् । आलिया भाट र उनका प्रेमी रणवीर कपुरले पनि राम्रो काम गरिरहेको भन्दै उनले प्रशंसा गरेकी छिन् ।

आलियाको काम गराइ शैली निकै चम्किलो रहेको मनीषाको भनाई छ । मुख्यतः कंगनाको प्रशंसामा मनीषा यतिबेला उत्रिएकी छिन् जतिबेला कंगना ‘भारतीय स्वतन्त्रता नक्कली’ भएको भनेपछि विवादमा छिन् ।

साथै, कंगनाले यसै महिना भारतको सर्वोच्च नागरिक सम्मान पद्मश्री अवार्ड पनि पाएकी छिन् । कंगना र मनीषाको बिचार निकट मानिन्छ । कंगना भारतमा हिन्दू धर्मको पक्षमा खुलेर लागेकी छिन् भने नेपालमा मनीषा हिन्दू राज्य पुनस्र्थापनाको पक्षमा छिन् ।

पिंकभिल्लाको अन्तवार्तामा मनीषाले भनिन्, ‘नयाँ पुस्ता महान छ । उनीहरु अन्तर्राष्ट्रिय स्तरमै उत्कृष्ट हुने बाटोमा छन् । कात्तिक आर्यन पनि राम्रा अभिनेता हुन् । रणवीर पनि महान हुन् । आलियाको काम हेरेपनि मलाई खुबै मनपरेको छ । उनले अझै राम्रो गर्न सक्छिन् । कंगना प्रतिभावान लाग्छिन् । मलाई उनको क्वीन फिल्म मनपरेको थियो ।’

आफ्ना को-स्टारहरुबारे मनीषाले भनिन्, ‘मैले नाना पाटेकर, अरविन्द स्वामी, आमिर खान र अन्य प्रतिभावान अभिनेताहरुसँग काम गर्ने मौका पाएकी थिएँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर