जनकपुरमा पार्टी कार्यालय उद्घाटन गर्दै माधव नेपालले भने- आफूलाई मालिक ठान्दैनौं – Nepal Press

जनकपुरमा पार्टी कार्यालय उद्घाटन गर्दै माधव नेपालले भने- आफूलाई मालिक ठान्दैनौं

जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनकपुरमा जिल्ला पार्टी कार्यालयको उद्घाटन गरेका छन् ।

जनकपुरको भानु चोकस्थित किशोरी नगरमा भाडामा लिएको भवनमा अध्यक्ष नेपालले जिल्ला पार्टी कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालय परिसरमा उनले निमको विरुवासमेत रोपे ।

उनले अगामी सबै तहको निर्वाचनमा गठबन्धन हुने भन्दै केपी ओली पतन हुने दाबी गरे ।

अध्यक्ष नेपालले समाजवाद स्थापना गर्ने बाटोमा आफूहरू अघि बढेको बताए । ‘यो पार्टी नौजवानको हो’, उनले भने, ‘हामी जनताको साथ -साथ हिँड्छौं । सु:ख-दु:खमा साथ दिन्छौं ।’

आफूलाई मालिक नठान्ने र जनतालाई नोकरको व्यवहार नगर्ने उनको प्रतिबद्धता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर