माओवादी रुपन्देही इन्चार्जको मोटरसाइकल दुर्घटनामा निधन – Nepal Press

माओवादी रुपन्देही इन्चार्जको मोटरसाइकल दुर्घटनामा निधन

रूपन्देही । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रूपन्देही इन्चार्ज रामप्रसाद बन्जाडे (टंकमणिको) मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ।

मंगलबाट राती बुटवलको जितगढीमा दुर्घटनामा परेका बन्जाडेको बुधबार बिहान मृत्यु भएको हो ।

बुटवल बेलबास निवासी ५५ बर्षीय बन्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ना ५ ख ९०६ नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको प्रहरीले जनाएको छ।

बन्जाडे मोटरसाइकलको पछाडि बसेका थिए। बसको ठक्करबाट गम्भीर घाइते भएका बन्जाडेको उपचारको क्रममा निधन भएको हो ।

मोटरसाइकल चालक पाल्पाका जितबहादुर थापा भने सामान्य घाइते छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर