रुपन्देहीमा संस्थापन समूहबाट फेरि कुटिए पौडेल समूहका कार्यकर्ता – Nepal Press

रुपन्देहीमा संस्थापन समूहबाट फेरि कुटिए पौडेल समूहका कार्यकर्ता

रूपन्देही । नेपाली कांग्रेसको अधिवेशन सुरुभएदेखि नै विभिन्न विवादका घटना हुँदै आएको रुपन्देहीमा फेरि कांग्रेस कार्यकर्ता कुटिएका छन् ।

गृहमन्त्री बालकृष्ण खाँडको गृहजिल्ला रुपन्देहीमा दिनहुँ कांग्रेस कार्यकर्ताबीच झडप हुन थालेको छ ।

यसैबीच मंगलबार साँझ रूपन्देहीको क्षेत्र नं २ मा पौडेल समूहका कार्यकर्ता संस्थापन समूहबाट मतगणनास्थलमै कुटिएका हुन् ।

सोमवार सम्पन्न निर्वाचनको मतगणना भैरहेको र पौडेल समूहको अधिकांश टोली विजय हुने निश्चित भएपछि खाँड निकटका कार्यकर्ताहरुले पौडेल समूहका कार्यकर्तामाथि कुटपिट गरेको बताइएको छ ।

मतगणनास्थलमा भएको कुटाकुटमा पौडेल समूहबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार दिर्घबहादुर केसी ‘कुमार’ घाइते भएका छन् ।

आक्रमणबाट केसीको मुखमा गम्भीर चोट लागेको बताइएको छ।

केसीको लुम्विनी प्रादेशिक अस्पतालको आकस्मिक उपचार कक्षमा उपचार भइरहेको नेपाली कांग्रेस नगर सभापति खेलराज पाण्डेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर