टाटासुमोले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु, ७ जना घाइते – Nepal Press

टाटासुमोले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु, ७ जना घाइते

रसुवा । रसुवामा टाटासुमोले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन् । मृत्यु हुनेमा गोसाईंकुण्ड ६ ठाडेकी ४ वर्षीया बालिका नैनी घले रहेकी छन् ।

गोसाईंकुण्ड गाउँपालिका—६ ठाडेबाट धुन्चेतर्फ आइरहेको ना १ ज ६१७६ नम्बरको टाटासुमोले धुन्चेबाट ठाडेतर्फ गइरहेका बेला उनलाई ठक्कर दिएको थियो ।

यस्तै टाटासुमोको ठक्करबाट उनकी फुपू वर्ष ३० की ऊर्जा घले र दाइ वर्ष ८ का करन घले घाइते भएका छन् । धुन्चेबाट ठाडेतर्फ जाँदै गरेका उनीहरू तीन जनालाई टाटासुमोले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

पैदलयात्रीलाई ठक्कर दिएको सुमो सडकबाट करिब ५० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ । सुमोमा सवार चालकसहित चार जना पनि घाइते भएका छन् । प्रहरीका अनुसार सुमो चालक जिल्लाको आमाछोदिङ्मो गाउँपालिकाका छिरिङ दोर्जे तामाङ, गाडीमा सवार यात्रु रमेश लोप्चन, याङसेन घले र गाडी साहुँ घाइते भएका छन् । गाडी साहुँको नाम भने खुलेको छैन ।

मृतक बालिकासहित ऊर्जा घले, करन घले, सुमो चालक छिरिङ दोर्जे तामाङ र गाडी साहुँलाई उपचारका लागि नुवाकोट लगिएको छ । सुमोमा सवार यात्रु रमेश लोप्चन र याङसेन घलेलाई उपचारका लागि सदरमुकाम धुन्चे ल्याइएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए । मारग्याल्बो घलेलाई सामान्य चोट लागेको र अहिले उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर