छिटो भन्दा छिटो नेतृत्व छोड्न मन छ, तर छाँटकाँट हेर्दा बेला भएको छैन भन्ने लाग्छ : प्रचण्ड – Nepal Press

छिटो भन्दा छिटो नेतृत्व छोड्न मन छ, तर छाँटकाँट हेर्दा बेला भएको छैन भन्ने लाग्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्रका अध्यक्ष) पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई पार्टी नेतृत्व छिटो भन्दा छिटो छोड्न मन भएको बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनको दोश्रो राष्ट्रिय परिषदलाई मंगलबार काठमडौंमा सम्बोधन गर्दै प्रचण्डले मन हुँदाहुँदै पनि विकल्प तयार नभइसकेको पनि बताए।

‘मलाई भन्न त साथीहरुले कति नेतृत्वमा बसेको महासचिव र अध्यक्षमा बसेको ३२/३३ वर्ष भइसक्यो भन्छन्,’ प्रचण्डले भने, ‘मलाई छिटो भन्दा छिटो छोड्न मन छ साँच्चै । छोडेर किताव लेख्न पाए अहिलेसम्म गरेको अनुभवको स्मरण लेख्थे भन्ने लाग्छ । तर, यस्सो छाँटकाँट हेर्छु बेला भएको छैन् भन्ने लाग्छ । आफ्नो अन्तरआत्माले मान्दैन ।’

यद्यपी उनले पार्टीमा आफ्नो हजारौं उत्तराधिकारी बन्दै गइरहेको विश्वास आफूलाई लागेको पनि बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर