पार्टीमा गुट स्वीकार गरिन्न, चुनाव जितेर आउनुपर्छ : ओली – Nepal Press

पार्टीमा गुट स्वीकार गरिन्न, चुनाव जितेर आउनुपर्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटगत गतिविधिहरु स्वीकार गर्न नसकिने बताएका छन् । एमालेकाे १० औं महाधिवेशनकाे पूर्वसन्ध्यामा सम्पादकहरुसँगकाे अन्तरक्रियामा बाेल्दै ओलीले यस्तो बताएका हुन् ।

महाधिवेशनमा कुनै पनि नेताहरुको व्यवस्थापन पूर्व र पश्चिम पक्षको भनेर नगरिने उनको भनाई थियो । १० औं महाधिवेशनले एमालेभित्र गुटगत गतिविधिहरुको अन्त्य गर्ने उल्लेख ग र्दै ओलीले नेताहरुले आफ्नो व्यवस्थापन भोट लिएर चुनाव जितेर गर्नुपर्ने बताए ।

उनले भने, ‘व्यवस्थापनका लागि भोट ल्याएर जित्नुपर्छ । नो व्यवस्थापन । हामी पूर्व, पश्चिम पक्षको व्यवस्थापन भनेर हेर्दैनौं । यसको पक्षबाट यति जना भनेर सचिवालय पनि बन्दैन, स्थायी कमिटी पनि बन्दैन । हामी एउटा पार्टी, एउटा पक्षका रुपमा अन्तरघुलित भएर अघि बढ्छौं।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर