विश्वकप एसिया छनोट : भुटानविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल – Nepal Press

विश्वकप एसिया छनोट : भुटानविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौं । पहिलो खेलमा हङकङसँग पराजित नेपाली महिला क्रिकेट टोलीले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाली समयअनुसार ३ः १५ बजे दुबईको आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा भुटाले टस जितेर ब्याटिङ रोजेको छ ।

पहिलो खेलमा पराजित नेपाल भुटानविरुद्ध पहिलो जितको खोजीमा हुनेछ । सोमबार भएको खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो ।

दक्षिण एसियाली प्रतिद्वन्दी भुटान भने लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । भुटानले पहिलो खेलमा कुवेतलाई ४० रनले हराएको थियो ।

प्रतियोगितामा ६ टोली रहेका छन् । विजेताले ग्लोबल छनोटमा स्थान बनाउने छ । ग्लोबल छनोटबाट दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपालले बंगलादेशमा एक साताको प्रशिक्षण गरेर कतार पुगेको थियो । घरेलु टोलीसँग भएको तीन टी–ट्वान्टी खेलमा ‘क्लिन स्विप’ गरेपछि नेपाल छनोट खेल्न युएई प्रस्थान गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर