रावलले मलाई चुनौती होइन माया र सम्मान दिनुभएको छ : ओली (भिडिओ) – Nepal Press

रावलले मलाई चुनौती होइन माया र सम्मान दिनुभएको छ : ओली (भिडिओ)

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर भीम रावलले चुनौती नदिएको बताएका छन् ।

महाधिवेशनको पूर्व सन्ध्यामा सोमबार सम्पादकहरुसँगको छलफलमा भने– ‘रावलजीले मलाई चुनौती दिनु भएको छैन। म प्रति उहाँले मप्रति माया, सम्मान देखाउनु भएको छ ।’

उनले रावलले आफूलाई दिएको सुझावबाट प्रभावित भएको समेत बताए।

‘उहाँले सुझव दिनु भएको छ,’ उनले भने, ‘उहाँको स्नेहपूर्ण सुझावबाट म प्रभावित छु । यो सुझाव एक खालका निकै मान्छेहरुले मन पराउने सुझाव पनि हो । मैले अध्यक्षमा नउठेर विश्राम लिए हुन्थ्यो भन्ने पनि बाहिरतिर देखिन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर