प्युठान कांग्रेसको कार्यसमिति सर्वसम्मत, सभापतिमा रिजाल र गिरीको भिडन्त – Nepal Press

प्युठान कांग्रेसको कार्यसमिति सर्वसम्मत, सभापतिमा रिजाल र गिरीको भिडन्त

रूपन्देही । नेपाली कांग्रेस प्युठानमा ४० जना कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेपनि सभापतिका लागि निर्वाचन भएको छ ।

सहमतिको आधारमा नेतृत्व चयन गर्न नसकेपछि सभापतका लागि मतदान भएको हो । सभापतिका लागि दुई जना पालिका अध्यक्षले दावेदारी प्रस्तुत गरेका छन् ।

देउवा पक्षबाट शिव रिजाल र पौडेल—सिटौला पक्षबाट बिष्णु कुमार गिरीले उम्मेदवारी दिएका छन् । रिजाल पार्टीको पूर्व सचिव हुन् भने गिरी वर्तमान समितिको सचिव हुन्।

प्रदेशतर्फ दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा १ हजार १ सय ९ जना मतदाता छन् ।

कांग्रेस प्युठानले ४० जनाको कार्यसमिति र २६ जना महाधिवेशन प्रतिनिधि भने चयन गरिसकेको छ । प्युठानको जिल्ला उपसभापतिमा देवेन्द्र वर्मा, इश्वर सिंह विष्ट र सचिबमा टोपाराम कालाथोकी र नरेन्द्र पुन मगर सर्वसहमत चयन भएका छन् ।

यस्तै सहसचिवमा नारायण ज्ञवाली र प्रमोद पोखेल निर्विरोध चयन भएका छन् ।

सदस्यहरुमा कृष्णबहादुर जि. सी., प्रतिभा पौडेल, मित्रबहादुर मल्ल, लुसा आचार्य, तिलककुमार वि.क., दामोदर कालाथोकी, रिता नेपाली, कमला शाही र विजय कुमार श्रेष्ठ चयन भएका छन् ।

यसैगरी रामप्रसाद न्यौपाने, सुमित्रा गौतम, कमलराज रिजाल, किशोर महतरा, नारायणी थापा लम्साल, कमला कामी, रामचन्द्र पौडेल, भिम मरासिनी, टिका मरासिनी, बसन्तकुमार के.सी., पवित्रा जि.सी., दिपक के.सी. र नेत्रमणि पोख्रेल सदस्यमा चयन भएका छन् ।

त्यस्तै सुशील कुमार डागी, गोमा भट्ट, खगेश्वर थापा, चन्द्र रोकामगर, सावित्रा बुढामगर, फनि बुढा, राधा सुनार, कर्ण वि।क।, देउमान थापा, नामबहादुर नेपाली, बब्बर अलि मिया पनि सदस्यमा चयन भएको निर्वाचन समितिले जनाएको छ ।

काग्रेसको महाधिवेशन प्रतिनिधिमा निमा गिरी, भगवता विष्ट, निसा योगी, मेनका घिमिरे, गोविन्दराज पोख्रेल, मुक्तिप्रसाद शर्मा, दिवाकर गौतम, सुवास के।सी।, अमरप्रसाद भण्डारी, धर्म बहादुर जि.सी., बद्री लम्साल र मानबहादुर वली चयन भएका छन् ।

यसैगरी खिमानसिंह रायमाझि, हुकुमबहादुर विष्ट, सावित्रा अधिकारी, साधना राउत, सालिकराम पण्डित, रोज राणा (सरोज थापा), धनलक्ष्मी श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, देविराम पुन, सनत श्रेष्ठ, विन्दु परियार, गोपाल वि।क।, मोहमद हमित शाह, पुर्णप्रसाद कालाथोकी पनि प्रतिनिधि चयन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर