सिन्धुपाल्चोकका पत्रकार नानीरामको परिवारलाई प्रेस चौतारीको सहयोग कोष – Nepal Press

सिन्धुपाल्चोकका पत्रकार नानीरामको परिवारलाई प्रेस चौतारीको सहयोग कोष

सिन्धुपाल्चोक । अल्पायुमै ज्यान गुमाएका सिन्धुपाल्चोकका पत्रकार नानीराम नेपालको परिवारलाई सहयोगका लागि प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकले कोष स्थापना गरेको छ ।

कोषमा हालसम्म ३ लाख ५० हजार रूपैयाँ संकलन भइसकेको प्रेस चौतारी सिन्धुपाल्चोकका सचिव विदुर आचार्यले जानकारी दिए । सबैभन्दा बढी रकम बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले ५० हजार सहयोग गरेका छन् । विभिन्न राजनीतिक दलका नेता, व्यावसायी, जनप्रतिनिधिलगायतले कोषमा स्वेच्छिकरूपमा सहयोग गरिरहेको आचार्यले बताए । उनका अनुसार कम्तीमा १० लाख जम्मा भएपछि परिवारलाई रकम हस्तान्तरण गरिनेछ ।

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका सह-सचिव रहेका नेपाल प्रेस चौतारी सिन्धुपाल्चोकका पनि सहसचिव हुन् । उनको मंसिर २ गते ३१ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो ।

उनी सिन्धुपाल्चोकबाट सञ्चालित न्यूज अरनिकोको सञ्चालक,नेपाल समाचार पत्र दैनिक, सिन्धुप्रवाह साप्ताहिकलगायत सञ्चार माध्यममा कार्यरत थिए । नेपालका डेढ वर्षीया छोरा, आठ वर्षकी छोरी, श्रीमती र वृद्धा आमाबुबा छन् ।

प्रेस चौतारी सिन्धुपाल्चोकले सबैलाई सहयोग गर्न आग्रह गर्दै नेपाल बैंकको चौतारा शाखास्थित प्रेस चौतारी नेपाल सिन्धुपाल्चोक नाममा रहेको ०५७००१००६५२६५६०००००१ खाता नम्बर सार्वजनिक गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर