के प्रियंका चोपडाको डिभोर्स हुन लागेको हो ? इन्स्टाग्राम बायोबाट पतिको थर हटाएपछि यस्तो हंगामा – Nepal Press

के प्रियंका चोपडाको डिभोर्स हुन लागेको हो ? इन्स्टाग्राम बायोबाट पतिको थर हटाएपछि यस्तो हंगामा

काठमाडौं । प्रियंका चोपडाले हालै आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टबाट आफ्नो नामबाट चोपडा र जोनस थर हटाइन् । त्यसपछि प्रियंका र उनका पति निक जोनसको सम्बन्धमा दरार आउन थालेको आंकलन गर्न थालियो ।

यसैबीच, निक जोनसले सोसल मिडियामा एउटा भिडिओ सेयर गरेका छन् जहाँ प्रियंकाले कमेन्ट गर्दै सम्बन्धमा आउन लागेको दरारको खण्डन गरेकी छिन् । प्रियंकाले इन्स्टाग्रामबाट सरनेम हटाएपछि यी दुईको सम्बन्धलाई लिएर हलिउडदेखि बलिउड मिडियामा चर्चा छाएको छ ।

डिसेम्बर १ मा प्रियंका र निकबीचको बिहेको तीनवर्ष पुग्दैछ । यसअघि नै प्रियंकाले बायोबाट सरनेम हटाएर प्रशंसकलाई कन्फ्युज तुल्याइदिएकी छिन् । यसअघि नै प्रियंका र निकबीच डिभोर्स हुन लागेको खबर तरंगित भएको थियो ।

बिहे लगत्तै प्रियंकाले बायोमा आफ्नो नामपछि जोनस सरनम राखेकी थिइन् । प्रशंसकहरु किन प्रियंकाले सरनेमबाट जोनस हटाइन् भन्ने कुरा जान्न चाहिरहेका छन् । यसकारण अब फ्यानलाई प्रियंकाबाट प्रतिक्रियाको खाँचो पर्नेछ आखिर किन उनले यो काम गरिन् ।

गत सोमबार प्रियंकाको नयाँ हलिउड फिल्म म्याट्रिक्सको प्रदर्शन मिति घोषणा भएको छ । यसबाहेक पनि प्रियंकासँग केही हलिउड प्रोजेक्टहरु छन् । मलाइका अरोराले पनि अरबाज खानसँगको डिभोर्स अगाडि इन्स्टाग्रामबाट सरनेम हटाएकी थिइन् । बलिउडका अन्य सेलेब्सले पनि डिभोर्स अघि सोसल साइटबाट सरनमलाई हटाएको इतिहास छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर