सिन्धुपाल्चोकको हेलम्बुमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु – Nepal Press

सिन्धुपाल्चोकको हेलम्बुमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु

काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ७ सुलसिङमा आगलागी हुँदा तीनजना बालबालिकाको मृत्यु भएको छ । बच्चाहरु खेलिरहेको गोठबाट आगोको झिल्को सल्किएर आगलागी भएको थियो ।

सुख्खा पातबाट आगलागी सुरु भएको र बालबालिकाले ज्यान गुमाएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले नेपाल प्रेसलाई जानकारी दिए ।

आगलागी भएपछि बालबालिका गोठ पस्दा जलेर मृत्यु भएको उनले जनाए । घटनास्थलमा फोन लाग्न समस्या भएकाले विस्तृत विवरण आउन बाँकी रहेको अध्यक्ष शेर्पाले जानकारी दिए । उनका अनुसार केहीबेर अघि प्रहरी घटनास्थल पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर