नेपाली तन्नेरीको ‘अमेरिकन ड्रीम्स’माथि फिल्म ‘घुइँचो’ बन्ने, एलिजा र कुन्साङ लिड रोलमा (भिडिओ) – Nepal Press

नेपाली तन्नेरीको ‘अमेरिकन ड्रीम्स’माथि फिल्म ‘घुइँचो’ बन्ने, एलिजा र कुन्साङ लिड रोलमा (भिडिओ)

काठमाडौं । नेपाली युवापुस्तामा रहेको अमेरिकी ड्रीम्सको कथामाथि फिल्म घुइँचो निर्माण हुने भएको छ । राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा फिल्म निर्माणको घोषणा गरियो ।

फिल्मबारे कुरा गर्दै निर्देशक दीपेन्द्र लामाले भने, ‘यो सपनाहरुको घुइँचो हो । इमान्दार र बेइमानहरुको घुइँचो हो । सुखदुःखको घुइँचो हो र असल तथा खराबहरुको घुइँचो हो ।’

पहिलोपटक निर्देशक लामाले दयाहाङ राई, पल शाह र दीपकराज गिरीभन्दा नयाँ कास्टसँग सहकार्य गर्दैछन् । म्युजिक भिडिओका चर्चित मोडल कुन्साङ बोमजन र नायिका एलिजा गौतमको मुख्य भूमिका रहने फिल्मको छायांकन माघ अन्तिमदेखि हुनेछ ।

नेपालको डोल्पादेखि अमेरिकासम्म सुटिङ हुने फिल्मलाई रामजी दैलेखीले निर्माण गर्ने भएका छन् । निर्माता दैलेखीले नेपाली युवापुस्ताको अमेरिकी सपनामाथि फिल्म बन्ने बताए ।

यही फिल्मबाट ठूलो पर्दामा डेब्यु गर्न लागेका बोमजनले यो चरित्रमा अभिनय गर्न आफू उत्साहित रहेको बताए । ‘अहिलेको परिस्थितीलाई फिल्ममा उतारिनेछ र म पात्रलाई लिएर उत्साहित पनि छु’ उनले भने ।

निर्देशक लामाले फिल्ममा निर्देशकको रुपमा आइसकेपछि नायिका एलिजालाई आफू अनुकूल काम गराउने योजना रहेको सुनाए । ‘सँधै दयाहाङ र दीपकराजबाहेकसँग किन काम गर्नुहुन्न भन्नेको लागि पनि यो जवाफ हो’ निर्देशक लामाले भने ।

अन्य कलाकार र प्राविधिक छनौट हुन बाँकी रहेको जनाइएको छ । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर