रौतहटका नेता बुधाई खाँले छाडे नेकपा एस, प्रभु साहले गरे एमालेमा स्वागत – Nepal Press

रौतहटका नेता बुधाई खाँले छाडे नेकपा एस, प्रभु साहले गरे एमालेमा स्वागत

रौतहट । नेकपा एकीकृत समाजवादीका रौतहट जिल्ला नेता तथा फतुवा विजयपुर नगर कमिटीका इन्चार्ज बुधाई खाँ नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आइतवार आयोजित एक कार्यक्रममा एमाले नेता प्रभु साहले उनलाई एमाले प्रवेश गराएका हुन् । गत स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार रहेका खाँ एमाले विभाजनपछि नेकपा एसमा लागेका थिए ।

प्रभु साहको निर्वाचन क्षेत्र रहेका फतुवा विजयपुरका माओवादीबाट निर्वाचित जनप्रतिनिधि यसअघि नै साहसँगै एमालेमा समाहित भइसकेका छन् ।

उनलाई एमाले नेता अच्युत मैनाली,बलवीर प्रसाद चौधरी लगायतले स्वागत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर