सिक्किम फिल्म फेस्टिभलमा मलाइकादेखि अनमोलसम्म सहभागी हुने – Nepal Press

सिक्किम फिल्म फेस्टिभलमा मलाइकादेखि अनमोलसम्म सहभागी हुने

काठमाडौं । आउँदो महिना भारतको उत्तरपूर्वी राज्य सिक्किममा ग्लोबल फिल्म फेस्टिभल आयोजना हुँदैछ । सिक्किम फिल्म प्रवद्र्धन बोर्डले फेस्टिभललाई भव्य बनाउने तयारी गरिरहेको छ ।

यसका लागि नेपाली र बलिउड फिल्म क्षेत्रका निर्माता र सेलेव्रिटीलाई समेत निम्तो दिइएको छ । बलिउडबाट मलाइका अरोराले भाग लिनेछिन् भने, नेपालबाट अनमोल केसीलाई समेत निम्तो दिइएको छ ।

सिक्किम फिल्म प्रवद्र्धन बोर्डले गत आइतबार पोस्टर सार्वजनिक गर्दै फेस्टिभलमा सार्वजनिक हुने सेलेव्रिटी पाहुनाको नाम सार्वजनिक गरेको छ । नेपालबाट अनमोलसहित नम्रता श्रेष्ठ, भुवन केसी, दयाहाङ राई, विनय श्रेष्ठ, अदिती बुढाथोकीले भाग लिने भएका छन् ।

बलिउडबाट मलाइकासहित प्रियदर्शनले भाग लिने भएका छन् । मलाइकाले फेस्टिभलमा हुने जातिय पहिरनको प्रस्तुति कार्यक्रममा सो-स्टपरको रुपमा कार्य गर्नेछिन् । भुवन भने गतसाता सिक्किम पुगेरै फर्किएका हुन् ।

भुवनसहित निर्देशक मिलन चाम्सलाई सिक्किमका मुख्यमन्त्रीले फेस्टिभलबारे छलफल गर्न गान्तोक बोलाएका थिए । सिक्किमको फेस्टिभलमा नेपाली फिल्म साइनोदेखि जारसम्म प्रदर्शन हुने भएका छन् ।

डिसेम्बर १० देखि १४ सम्म फेस्टिभल आयोजना हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर