इच्छाराजलाई ऋण तिर्न सञ्चयकोषको ३५ दिने अल्टिमेटम, नतिरे सीटीसी मल लिलामी गर्ने – Nepal Press

इच्छाराजलाई ऋण तिर्न सञ्चयकोषको ३५ दिने अल्टिमेटम, नतिरे सीटीसी मल लिलामी गर्ने

काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीका निक्षेपकर्तालाई संगठितरुपमा ठगि गरेको आरोपमा प्रहरी हिरासतमा रहेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ थप समस्यामा परेका छन ।

कर्मचारी सञ्चय कोषले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ सहितको नाममा सार्वजनिक सूचना गरी गर्दै ऋणको साँवा व्याज भुक्तानी गर्न आग्रह गरेको छ ।

कोषले सुचना जारी गर्दै ३५ दिनभित्र सम्पुर्ण सावाँ, ब्याज, ब्याजमा लाग्ने जरिवना र अन्य जरिवाना चुक्ता गर्न भएको छ ।

उक्त समय अवधिभित्र ऋण चुक्ता नगरे कोषले धितो लिलाम गरेर रकम असुल गर्ने बताएको छ । कोषले धितोकोरुपमा रहेको सुन्धारास्थिति ६ रोपनी क्षेत्रफलमा रहेको सिटिसी मल र सो निर्माण गरिएको ८२ हजार ९५ वर्गफिट बारबरको पसल समेत लिलाम गर्ने जनाएको छ ।

इच्छराजले सिभिल इस्टेटसका अध्यक्ष इच्छाराज तामाङ सहित सञ्चालकहरु शिवलाल श्रेष्ट, केशवलाल श्रेष्ठ, विजय कुमार मुखिया र प्रविण मुखियाकाे नाम समेत सुचनामा प्रकाशित गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर