कांग्रेस महाधिवेशन प्रतिनिधिमा रिनशाको उम्मेदवारी – Nepal Press

कांग्रेस महाधिवेशन प्रतिनिधिमा रिनशाको उम्मेदवारी

काठमाडौं । चर्चित कोरियोग्राफर तथा फिल्म निर्देशक रिनशा बान्तवा राई अहिले इलाममा छिन् । उनी त्यहाँ पुग्नुको कारण चाहिँ फिल्म छायांकनलाई भने होइन । रिनशाको धपेडी भने अहिले राजनीतिक उद्देश्यलाई लिएर भइरहेको हो । कांग्रेस महाधिवेशनको प्रतिनिधि बन्नका लागि उनले इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएकी छिन् ।

आज हुने कांग्रेस महाधिवेशनको प्रतिनिधिको चुनावमा रिनशाले उम्मेदवारी दिएको नेपाल प्रेसलाई बताइन् । उनको घर इलामको चुलाचुली गाउँपालिका-४ आइतबारे हो । उनी जन्मथलो पुगेर चुनाब लडिरहेकी छिन् ।

कलाकारहरु धमाधम राजनीतिमा प्रवेश गरिरहँदा रिनशाको पनि राजनीतिक डेब्यु भएको छ । ‘गाउँ समाजको परिवेश र समाजसेवा गर्ने उद्देश्यले मलाई राजनीतिमा सक्रिय बन्न प्रेरित गर्‍यो’ उनले भनिन्, ‘गाउँ र जिल्लालाई केही योगदान गर्नेछु भन्ने उद्देश्य छ ।’

कांग्रेस कार्यकर्ता नरेन्द्रकुमार बान्तवाकी छोरी रिनशाले चुलाचुलीबाट धाएरै झापा दमकको विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेकी हुन् । रिनशा निर्देशित फिल्म ‘आइएम ट्वान्टी वान’ रिलिजको तयारीमा छ भने ‘इन्टुमिन्टु लन्डनमा’ लकडाउनअघि रिलिज भएको थियो ।

कलाकारहरु राजनीतिक दलमा प्रवेश गर्ने क्रम चलिरहँदा पनि रिनशा तटस्थ थिइन् । अहिले भने उनी खुलैर कांग्रेसको उम्मेदबार बनेकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर