नेपालविरुद्ध हङकङले टस जितेर फिल्डिङ रोज्यो – Nepal Press

नेपालविरुद्ध हङकङले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं । आईसीसी टी-२० विश्वकपको एसियाली छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली राष्ट्रिय महिला टोलीले टस हारेर ब्याटिङको निम्तो पाएको छ । नेपाली समयअनुसार ११:१५ बजे सुरू हुने खेलमा हङकङकी कप्तान केरी चानले पहिले फिल्डिङ गर्ने निर्णय गरेकी हुन् ।

दुबईस्थित आईसीसी एकेडेमी मैदानमा हुने खेलमा जित निकाल्दै नेपाल विश्वकप छनोटको सुखद् सुरुआत गर्न चाहन्छ । छनोटको तयारीस्वरुप कतारमा टी-२० शृंखला खेलेको नेपालले क्लिनस्वीप निकालेको थियो । उच्च मनोबलसहित विश्वकपको तयारीमा रहेको नेपाल एसियाली छनोटको शीर्ष स्थानमा रहँदै ग्लोबल छनोटमा पुग्न चाहन्छ ।

छनोटको दोस्रो खेलमा नेपालले भोलि मंगलबार भुटान, बिहीबार कुवेत र शुक्रबार मलेसियासँग खेल्ने छ । यस्तै, छनोटको अन्तिम खेलमा आगामी आइतबार नेपालले घरेलु टोली युएईको सामना गर्नेछ ।

एसियाली छनोटबाट शीर्ष एक टोली ग्लोबल छनोटमा पुग्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर