नेपालको वायु सेवालाई कालोसूचीबाट हटाउन पहल भइरहेको छः पर्यटनमन्त्री आले (भिडिओ) – Nepal Press

नेपालको वायु सेवालाई कालोसूचीबाट हटाउन पहल भइरहेको छः पर्यटनमन्त्री आले (भिडिओ)

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको वायु सेवालाई कालोसूचिबाट हटाउन पहल भइरहेको बताएका छन् ।

भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री आलेले बेलायत भ्रमणका क्रममा नेपालको वायु सेवालाई कालोसूचीबाट हटाउन आग्रह गरेको बताए ।

उनले भने, ‘बेलायतको एक हप्ताको कार्यक्रममा जाँदा मैले आइकाओको ब्ल्याक लिष्टबाट छिटै हटाउन भनेको छु, मन्त्रालयबाट पनि पत्राचार गरेर कुरा अगाडि बढाएको छु ।’

सन् २०१३ देखि नेपालको वायु सेवा कालोसूचीमा रहदै आएको छ ।

उनले भारतका मुख्य शहरहरुमा थप उडान भर्ने तयारी भएको पनि बताएका छन् । उनले भने, ‘भारतीय र नेपाली नागरिक बाहेक अन्य आवतजावतको वातावरण थिएन, अहिले एयर बबल हटेको छ । अब छिटै बैंकलोर, कलकत्ता, मुम्बई, चेन्नाई लगायतका शहरमा पनि उडान नियमित हुनेछ ।’

उनले कोभिड पुरै समाप्त नभएकाले भ्रमण वर्ष घोषणा गर्नेबारे छलफलमै रहेको बताए । उनले छलफल गरेर भ्रमण वर्ष घोषणा गरिने बताए । सन् २०२० लाई भ्रमण वर्ष मनाउने घोषणा गरिएपनि कोभिड महामारीका कारण स्थगित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर