टेलिभिजन प्रसारण अनुमति नलिएको पतञ्जलीको स्वीकारोक्ति, भवनमात्र उद्घाटन गरिएको दाबी – Nepal Press

टेलिभिजन प्रसारण अनुमति नलिएको पतञ्जलीको स्वीकारोक्ति, भवनमात्र उद्घाटन गरिएको दाबी

काठमाडौं । रामदेवका टीभी च्यानल दर्ताबिना संचालन गरिएको बारे पतञ्जली योगपीठ नेपालले मुख खोलेको छ ।

योगपीठका आईटी इन्चार्ज सन्दीप वाल्मीकिले विज्ञप्ति निकालेर संचालक समितिको बैठकले टिभी संचालन सम्बन्धी निर्णय गरी गत असोज ८ गते गते कम्पनी रजिष्टारको कार्यालयबाट प्रमाणिकरण लिइएको बताएका छन् ।

थप अनुमतिको लागि प्रक्रिया अगाडि बढाइएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘हाल टिभी प्रसारण गरिएको छैन, केवल प्राविधिक तयारीको क्रममा मात्र रहेको हो । सम्माननीय प्रधानमन्त्री ज्यूको उपस्थितिमा श्रद्धेय विश्वविख्यात् योगऋषि स्वामी रामदेव जी महाराज र श्रद्धेय आयुर्वेद शिरोमणी आचार्य वालकृष्ण जी महाराजको समुपस्थितिको महत्वपूर्ण अवसरमा शुभसाईतको लागि टिभी भवनको उद्घाटन गरिएको हो ।’

सरकारको नीति, नियम कानूनको अधिनमा रही नियमानुसार अनुमति प्राप्त भएपश्चात् मात्र टिभी संचालन हुने योगपीठले जनाएको छ । आफूहरू विशुद्ध सेवामूलक सामाजिक संस्था भएको दाबी गर्दै पतञ्जलीले हतारमा केही मिडियाले स्ष्ट नबुझी भ्रामक सूचना प्रसार गरेको जिकिर गरेको छ ।

शुक्रबार प्रधानमन्त्री देउवाले प्रचण्ड, माधव नेपाललगायतको उपस्थितिमा ‘पतञ्जली नेपाल’ र ‘आस्था नेपाल’ टिभी च्यानलको उद्घाटन गरेका थिए ।

यसैबीच सूचना तथा प्रसारण विभागले एकजना निर्देशकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरी स्थलगत अध्ययन थालेको विभागका महानिर्देशक गोगनवहादुर हमालले नेपाल प्रेसलाई जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर