दूधको मूल्य बढाउने सरकारको तयारी – Nepal Press

दूधको मूल्य बढाउने सरकारको तयारी

काठमाडौँ । पछिल्लो सयम सबै खाद्य बस्तुको मूल्य वृद्धि भइरहेको छ । अब सरकारले दूधको पनि मूल्य वृद्धि गर्ने तयारी गरेको छ । केन्द्रीय दुग्ध उत्पादक सहकारी र निजी क्षेत्रको प्रस्ताव अनुसार नै दूग्ध विकास बोर्डले दूधको मूल्य वृद्धि गर्न लागको हो ।

दुग्ध विकास संस्थनका महाप्रबन्धक रुद्धप्रसाद पौडेलले दूधको मूल्य वृद्धिका लागि छलफल भएको बताए ।

पौडेलले भने, ‘निजी क्षेत्र र दुध उत्पाकहरु पनि मूल्य वृद्धिका लागि तयार भएका छन् । कृषले दूध उत्पादन गर्दा कति खर्च लाग्छ भन्ने हिसाव गरेर नै नयाँ मूल्य तोक्नका लागि छलफल भइरहेको छ । कृषिका लागि आवश्यक पर्ने सबै बस्तुको हाल मूल्य वृद्धि भएको छ । त्यसैको अनुपातमा नयाँ मूल्य निर्धारणका लागि छलफल भइरहेको छ । लागत हेरेर दूध प्रतिलिटर ५ देखि १० रुपैयाँसम्म मूल्य वृद्धि हुने अवस्था आएको छ । दूध उत्पादनको लागत वृद्धि अझ धेरै भएको रहेछ भने १० रुपैयाँभन्दा पनि धेरै समेत मूल्य वृद्धि हुनसक्छ ।’

दूग्ध विकास बोर्डले दूधको मूल्य वृद्धिका लागि छलफल गरिरहेको पौडेलले बताए । दूग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवले मूल्य वृद्धिका लागि छलफल भइरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर