युद्धकालका कमजोरीहरूको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न प्रतिबद्ध छौं: प्रचण्ड – Nepal Press

युद्धकालका कमजोरीहरूको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न प्रतिबद्ध छौं: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड युद्धका बेला भएका कमजोरीहरुको छानविन गरी सत्यतथ्य सर्वाजनिक गर्ने प्रतिवद्धता जनाएका छन् ।

वृहत शान्ति सम्झौतामा हस्ताक्षर भएको १५ वर्ष पूरा भएको अवसरमा विज्ञप्ती जारी गर्दै प्रचण्डले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

उनले भनेका छन्, ‘आजसम्मका राजनैतिक उपलब्धिहरुप्रति गर्व गर्दै सो क्रममा भएका कमिकमजोरीहरुको छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न हामी प्रतिवद्ध छौं ।’

युद्धलाई शान्तिमा रुपान्तरण गर्ने काम सम्पन्न भएपनि सो समयमा घटेका घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न र पीडितहरुलाई परिपुरण गर्न अझै बाँकी रहेको उनले बताएका छन् ।

संविधानसभाबाट संविधान जारी गर्ने र सेना समायोजनको काम सम्पन्न भइसकेको उल्लेख गर्दै अध्यक्ष प्रण्चण्डले द्वन्द्वकालिन घटनाको सत्य तथ्य छानविन गर्न सत्यनिरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छानविनले काम गरिरहेको उनले बताएका छन् ।

द्वन्दकालका घटनाहरुको छानबिन गर्नु सरकारको मात्रै मामला नभएर राज्यका हरेक निकाय र राजनीतिकि दलहरु एकतावद्ध हुनुपर्ने उनले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर