कांग्रेस नेता बजगाईद्वारा घाइतेको हेलिकप्टरबाट उद्धार – Nepal Press

कांग्रेस नेता बजगाईद्वारा घाइतेको हेलिकप्टरबाट उद्धार

काठमाडौं । नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईले गोरखाको आरुघाटमा करेन्ट लागेर घाइते भएका एक जनाकाे हेलिकप्टरबाट उद्दार गरेका छन् ।

गाेरखाकाे आरुघाटमा घाँस काट्न जाँदा करेन्ट लागेर घाइते भएका ४० वर्षीय लाटा गुरुङलाई नेता बजगाईले हेलिकप्टरबाट उद्धार गरेका हुन् ।

बजगाईले घर नजिकै घाँस काट्न जाँदा अव्यस्थित तारबाट करेन्ट लागी अचेत भएका गुरुङबारे जानकारी पाउनासाथ हेलिकप्टर पठाएर उद्धार गरेका हुन् । गुरुङको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

गोरखाको विकट क्षेत्रमा यसअघि पनि बजगाईले हेलिकप्टर मार्फत उद्धार गर्ने गरेका छन् । गोरखा क्षेत्र नम्बर १ (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवार रहेका बजगाईले निर्वाचनताका सुत्केरी महिलाको उद्धार गरेका थिए ।

केही महिनाअघि सडक दुर्घटनामा परी गम्भीर घाइते भएका धार्चे गाउँपालिकाको उद्धार र उपचारका लागि पनि बजगाइँले हेलिकप्टर पठाएका थिए ।

कांग्रेस केन्द्रीय सदस्यको प्रत्याशी रहेका बजगाईले दुर्गम क्षेत्रमा तत्काल उपचार नपाउँदा ज्यान नै गुमाउनुपर्ने अवस्था हुनु दुःखद रहेको भन्दै आफूले सकेको सहयोग गरेको बताए । लामो समयदेखि पर्यटन व्यवसायमा आवद्ध बजगाईले अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग गर्दा आफूलाई सन्तोष लाग्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर