प्राविधिक सहसचिवको खुला प्रतिस्पर्धामा गौरव गिरी बढुवा – Nepal Press

प्राविधिक सहसचिवको खुला प्रतिस्पर्धामा गौरव गिरी बढुवा

काठमाडौं । नेपाल इन्जिनियरिङ सेवा, इलेक्ट्रोनिक एण्ड टेलिकम्युनिकेशन समूहको सहसचिव पदका लागि भएको खुला प्रतिस्पर्धामा गौरव गिरीले नाम निकाल्न सफल भएका छन् ।

लामो समय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उपसचिव रहेका गिरीले लिखित र अन्तर्वार्ता दुवै प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेको लोकसेवा आयोगले जनाएको छ ।

महालक्ष्मी नगरपालिका–५ लतिलपुरका गिरीको सहसचिव दरबन्दी सन्चार मन्त्रालयमा रहेकाले उनको सोही मन्त्रालयमा पदस्थापन हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर