मूल्यवृद्धिको विरोधमा ६ विद्यार्थी संगठनले माधव नेपाललाई बुझाए ज्ञापनपत्र – Nepal Press

मूल्यवृद्धिको विरोधमा ६ विद्यार्थी संगठनले माधव नेपाललाई बुझाए ज्ञापनपत्र

काठमाडाैं । इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा सत्तारुढ गठबन्धनसम्बद्ध छ विद्यार्थी संगठनले सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

आज विहान नेपाल निवास कोटेश्वर पुगेर विद्यार्थीहरुले मूल्यवृद्धिका कारण सर्वसाधारणको दैनिकीमा असर परेको भन्दै फिर्ता लिन आग्रहसहितको ज्ञापनपत्र बुझाएका हुन् ।

अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा समर्थित अखिल क्रान्तिकारी, अखिल छैटौं लगायतका विद्यार्थी संगठनका अध्यक्षहरु ज्ञापनपत्र लिएर नेपाल निवास पुगेका हुन् ।

विद्यार्थी संगठनले भारतमाथिको इन्धन एकाधिकार अन्त्य गरी अन्तर्राष्ट्रिय बजारबाट प्रत्यक्ष रुपमा कच्च पदार्थ आयात हुने वातावरण तयार गरी दीर्घकालीन रुपमा समस्याको समाधान खोज्दै जनताको जीवन सहज बनाउन सरकारसँग आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर