भोलि बिहान रामदेवले पशुपति मन्दिरमा योग सिकाउने – Nepal Press

भोलि बिहान रामदेवले पशुपति मन्दिरमा योग सिकाउने

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय योगगुरु रामदेवले भोली पशुपतिनाथमा योग ध्यान सिकाउने भएका छन् । पर्यटन मन्त्रालयको आयोजनामा हुने योग शिविरमा विभागिय मन्त्री प्रेमबहादुर आले पनि सहभागी हुने भएका छन् ।

आइतबार बिहान ५ बजे पशुपति परिसरमा योगसहित दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको जानकारी मन्त्री आलेले दिए । सो योग शिविरमा पतञ्जली योगपिठका आचार्य बालकृष्ण पनि सहभागी हुने भएका छन् । योग शिविरले मुलुकको पर्यटन प्रवद्र्धन हुने आशा आफूले राखेको मन्त्री आलेले बताए ।

रामदेवले पशुपतिनाथ मन्दिर अवलोकन गर्ने समेत कार्यक्रम राखिएको छ । उक्त योग शिविरबाट नेपालीहरुको योग गर्ने र स्वस्थ रहने बानीको विकास हुने र नेपालको पर्यटन प्रबद्धन हुने अपेक्षा गरिएको छ ।

योग शिविरमा सर्वसाधारणका लागि निःशुल्क रुपमा प्रवेशको व्यवस्था मिलाइएको छ । शिविरमा दसौँ हजार सर्वसाधारणको सहभागिता हुने अपेक्षा रहेको मन्त्रालयले जनाएको छ ।

योग शिविर पश्चात योगगुरु रामदेव तथा आचार्य बालकृष्ण नेपाल वायुसेवा निगमको नियमित उडान मार्फत भारतको नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ । रामदेवले शनिबार बिहान चन्द्रागिरिमा योग ध्यान तथा योग प्रशिक्षण गराएका थिए । योगगुरु रामदेव र आचार्य बालकृष्ण बिहीबार नेपाल आएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर