साझा उम्मेदवारबारे छलफल गर्न कांग्रेस संस्थापनइतरको बैठक बस्दै – Nepal Press

साझा उम्मेदवारबारे छलफल गर्न कांग्रेस संस्थापनइतरको बैठक बस्दै

काठमाडौं । पछिल्लो समय आपसमा खटपट आएको भनिएको नेपाली कांग्रेसको संस्थापनइतरका शीर्षस्थ नेताहरुको बैठक बस्दैछ । महाधिवेशनमा पार्टी सभापतिका लागि साझा उम्मेदवार तय गर्न केहीबेरमा उक्त समूहको बैठक बस्न लागेको हो ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमानसिंह सहभागी हुँदैछन् । बैठकमा सहभागी नेता शेखर कोइराला विराटनगरबाट काठमाडौं आउँदैछन् ।

यसअघि प्रकाशमानसिंह र शशांक कोइरालाबीच भेटवार्ता भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर