चितवनका ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसको नयाँ नेतृत्व – Nepal Press

चितवनका ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसको नयाँ नेतृत्व

चितवन । चितवनका ६ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसले मतदान मार्फत नयाँ नेतृत्व चयन गरेको छ । चितवन क्षेत्र नम्बर १ (क) मा गणेश मल्ल ठकुरी, १ (ख) मा गोविन्द गौतम, २ (क) मा जनार्दन प्रसाद दाहाल, २ (ख) मा रोशन शाहि ठकुरी, ३ (क) मा खेमनारायण सापकोटा, ३ (ख) मा शोभाखर चापागाईं निर्वाचित भएका छन् । सबै क्षेत्रमा कडा प्रतिस्पर्धा भएको थियो ।

यस्तै क्षेत्र नम्बर १ (क) मा उपसभापतिमा राजु चौधरी र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै सचिवमा संगीता चौधरी र दिपेन्द्र रोक्का निर्वाचित भएका छन् । सह–सचिवमा कृष्णप्रसाद पाठक र पदम मोक्तान निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । यस्तै क्षेत्र नम्बर १ (ख) मा उपसभापतिमा इन्द्रलाल न्यौपाने र डिल्लीप्रसाद छत्कुली, सचिवमा देवेन्द्रबहादुर भुजेल र मनोज चौधरी, सह–सचिवमा गीता दाहाल र रामसिंह चौधरी निर्वाचित भए ।

क्षेत्र नम्बर २ (क) मा उपसभापतिमा मिठु गौतम सुवेदी र केशवराज रिमाल, सचिवमा कुमबहादुर गुरुङ र ठाकुर लामिछाने, सह–सचिवमा सुजन थापा र सोमराज आचार्य निर्वाचित भए । क्षेत्र नम्बर २ (ख) मा उपसभापतिमा जानकी पौडेल सापकोटा र महेन्द्रराज पौडेल, सचिवमा कृष्ण विलास अधिकारी र रविभन्द्र शर्मा खनाल, सह–सचिवमा बसन्त ढकाल र सजनी भन्तना निर्वाचित भए ।

क्षेत्र नम्बर ३ (क) मा उपसभापतिमा आशबहादुर गुरुङ र सूर्यकला अधिकारी कोइराला, सचिवमा ठाकुरप्रसाद पौडेल र आनन्द प्रसाद सुवेदी, सह–सचिवमा डिलु गुरुङ र भरत अधिकारी निर्वाचित भए । क्षेत्र नम्बर (ख) मा उपसभापतिमा लिलाराज भुसाल, केशब बसेल, सचिवमा गोबिन्द शर्मा र सूर्य अधिकारीले निर्वाचित भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर