वीपी, गणेशमान र किसुनजीको सपना पूरा गर्छु: नेता सिंह – Nepal Press

वीपी, गणेशमान र किसुनजीको सपना पूरा गर्छु: नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका संस्थापक नेताहरुको सपना पूरा गर्न आफू नेतृत्वको आकांक्षी बनेको बताएका छन् ।

‘बानेश्वरको सेरोफेरो’ नाम पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्व महामन्त्री सिंहले कांग्रेसको स्थापनाकालमा देखिएको विकसित नेपालको सपना पूरा हुन बाँकी नै रहेको बताए । ‘वीपी, गणेशमान, किसुनजी लगायत सबै नेताहरुको विकसित नेपाल बनाउने सपना थियो । यो सपना पूरा गर्न अझै बाँकी छ । त्यसका लागि कांग्रेसमा सक्षम र अनुभवी नेतृत्व आवश्यक छ । त्यसैले मैले आफूलाई सभापतिको उम्मेदवार बनाएको छु’, सिंहले भने ।

उनले पार्टीभित्र एकता र मेलमिलाप कायम गर्दै जनताको पक्षमा काम गर्ने कांग्रेस बनाउन आफूले मेहेनत गर्ने बताए । १४ औं महाधिवेशन कांग्रेसको आन्तरिक जीवनका लागि मात्रै नभएर मुलुककै लागि महत्वपूर्ण रहेको भन्दै नेता सिंहले सक्षम नेतृत्व छान्न सबै कस्सिनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर