सुर्खेतमा माओवादीले आज वडा अधिवेशन सम्पन्न गर्दै, २७ वडामा नेतृत्व चयन – Nepal Press

सुर्खेतमा माओवादीले आज वडा अधिवेशन सम्पन्न गर्दै, २७ वडामा नेतृत्व चयन

सुर्खेत । नेकपा माओवादी केन्द्रले आज ९९ वडामै वडा अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ । जिल्ला समन्वय समितिका संयोजक कृष्ण जिसी ‘जितेन्द्र’ का अनुसार जिल्लाका २७ वडामा वडा कमिटि गठन गरिसकिएको छ । गठन भएका कमिटीहरुको घोषणा आज नै गर्ने तयारी भएको उनले बताए ।

उनका अनुसार वडा कमिटि गठन भएका पालिकाहरुमा चिङ्गाडग गाउँपालिकामा चार वडामा अधिवेशन सम्पन्न भएको छ । यस्तै लेकबेशी नगरपालिकामा एक वडामा, बराहताल गाउँपालिकामा पाँचमा , पञ्चपुरी नगरपालिकाका पाँचमा अधिवेशन सम्पन्न भइसकेको हो ।

यस्तै, गुर्भाकोट नगरपालिकाका तीन, भेरीगंगा नगरपालिकाको चार ओटा, चौकुने २ ओटा र सिम्तामा तीन ओटा वडामा अधिवेशन सम्पन्न भइसकेको हो । ‘हामीले सकेसम्म सबै वडामा सर्वसम्मत नेतृत्व चयनको तयारी गरेका छौं ।’ उनी भन्छन्, ‘को वडामा को छानिएर आए भन्ने कुराको विवरण हामी साँझ उपलब्ध गराउँछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर