प्रधानन्यायाधीशसँग वार्ता नगर्ने बारको निर्णय, आइतबारदेखि देशैभरी बहस नगर्ने – Nepal Press

प्रधानन्यायाधीशसँग वार्ता नगर्ने बारको निर्णय, आइतबारदेखि देशैभरी बहस नगर्ने

काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग वार्ता गर्नुको कुनै औचित्य नरहेको बताएको छ। नेपाल बार र सर्वोच्च बारको संयुक्त बैठकले प्रधानन्यायाधीशको राजीनामाको विकल्प नभएको ठहर गरेको हो ।

प्रधानन्यायाधीश राणाले वार्ताका लागि पठाएको पत्रबारे निर्णय गर्दै बारले कानुन व्यवायीमाथि भैरहेको दमन र धम्कीप्रति खेदसमेत व्यक्त गरेको छ ।

यसैबीच कानुन व्यवसायीहरुले आइतबारदेखि बन्दी प्रत्यक्षीकरण बाहेका मुद्दामा बहस नगर्ने भएका छन् । नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलका अनुसार कानुन व्यवसायीमाथिको आक्रमणको विरुद्धमा देशैभरी बन्दी प्रत्यक्षीकरण बाहेक बहस नगर्ने निर्णय गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर