घरको गाह्रो भत्किँदा तीन जना घाइते – Nepal Press

घरको गाह्रो भत्किँदा तीन जना घाइते

दाङ । दाङमा घरको गाह्रो भत्किँदा तीन जना घाइते भएका छन् । घोराही-६ गुरुवागाउँको मिनु पुनको घर भत्काउने क्रममा शुक्रबार घरको गाह्रो भत्किँदा तीन जना घाइते भएका हुन् ।

घाइते हुनेमा गुरुवागाउँकाका ३२ वर्षीय किरण चौधरी, ३१ वर्षीय कमल थापा र पिमबहादुर परियार रहेका छन् । घाइते तीनै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर