यी पाँच जिल्लामा कोरोनासंक्रमितको संख्या शून्यमा झर्‍यो – Nepal Press

यी पाँच जिल्लामा कोरोनासंक्रमितको संख्या शून्यमा झर्‍यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच जिल्लामा सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ । जसमा ओखलढुङ्गा, मनाङ, हुम्ला, जाजरकोट र मुगु छन् ।

शुक्रबार काठमाडौं र ललितपुरमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन् र नौ जिल्लामा २०० भन्दाबढी संक्रमित छन् । जसमा मोरङ, सुनसरी, झापा, भक्तपुर, कास्की, पूर्वीनवलपरासी, रुपन्देही, बाँके र कैलाली रहेका छन् ।

अहिलेसम्म नेपालमा सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात लाख ९९ हजार ५४५ जना रहेका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार ४९४ जनाको निधन भएको छ ।

होम आइसोलेशन सात हजार ६०, संस्थागत आइसोलेशनमा ४७९, सघन उपचार कक्ष (आइसीयू)मा २३१ र भेन्टिलेटरमा ५६ जना उपचाररत छन् । यस्तै आज एक लाख ७३ हजार ४९८ ले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । हालसम्म ९० लाख ८१ हजार ६५४ ले पहिलो मात्रा र ७८ लाख एक हजार ५०६ जनाले पूर्णमात्राको खोप लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर