माधव नेपालको व्यंग्य- एमालेको झण्डा बोक्ने जनता छैनन्, गैँडालाई बोकाएछन् (भिडिओ) – Nepal Press

माधव नेपालको व्यंग्य- एमालेको झण्डा बोक्ने जनता छैनन्, गैँडालाई बोकाएछन् (भिडिओ)

चितवन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले झण्डा बाेक्ने जनता नभएपछि गैंडालाइ बोकाएको भन्दै व्यंग्य गरेका छन । भरतपुरमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाइ सम्बाेधन गर्दै नेता नेपालले एमाले पतनको बाटोमा रहेको बताउँदै यस्तो व्यंग्य गरेका हुन् ।

एमालेले १० औं राष्ट्रिय महाधिवेशनको प्रचारका लागि पार्टीको झन्डा एक सिंगे गैंडाले बोकेको लोगो सार्वजनिक गरेको छ । सोही लोगोलाई लिएर नेता नेपालले यस्तो व्यंग्य गरेका हुन् । उनले भने, ‘मजदुर, किसानले बोक्नुपर्ने झण्डालाई एमालेले गैंडालाई पो बोकाएछ’, उनले भने, ‘बोक्ने जनता छैनन्, यो राम्रो चरित्र र लक्षण भएन ।’

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एमालेप्रति निकै आक्रामक बनेका अध्यक्ष नेपालले हनुमान प्रवृत्ति बोक्नेले भविष्यमा जंगली जनावरै बोक्ने बताए । ‘केपी ओलीको पार्टी पतन हुने निश्चित छ, कुनै भविष्य छैन’, उनले भने, ‘उनीहरुका दम्भपूर्ण अभिव्यक्ति सुन्नुहोस्, सबै ठाउँमा पत्तासाफ हुँदै गैरहेका छन् ।’

उनले एमाले आगामी निर्वाचनमा धुलो बन्ने दावी पनि गरे । ‘यसअघिको राष्ट्रिय चुनावमा कलम चिन्हबाटै हाम्रा उम्मेदवारले केपी ओलीको उम्मेदवारलाई पछारिदिएका थिए,’ उनले भने, ‘५ दलको गठबन्धन बलियो गरि बनाएका छौँ, अबको चुनाबमा केपीको पार्टी धुलो हुनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर