१६ लाख भन्दा बढी मूल्यको ५६ बोरा भारतीय चिनी बरामद – Nepal Press

१६ लाख भन्दा बढी मूल्यको ५६ बोरा भारतीय चिनी बरामद

सुनसरी । सुनसरीको दुई स्थानबाट गाडीसहित ५६ बोरा भारतीय चिनी बरामद गरिएको छ ।

बुधबार इनरुवा नगरपालिका- ९ पोखरीचौक स्थितबाट अस्थायी प्रहरी पोष्ट पोखरी चौकबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाका आधारमा भारतबाट नेपाल तर्फ भन्सार छली प्र १-०२-००२ च ४९६१ नम्बरको पिकअप गाडीमा ५० बोरा भारतिय चिनी बरामद सहित सामान धनीलाई पक्राउ गरेको हो ।

यसैगरी गढी गाउँपालिका ४ स्थित सडक खण्डमा प्रहरीले २ वटा मोटर साइकलमा सवार मानिसहरुले वरामद २ बाेरा सुर्ति र ६ बाेरा चिनी ल्याउदै गरेको अबस्थामा प्रहरीलाई देखी मोटरसाइकल र सामान छोडी भागेका थिए ।

बरामद गरिएको ५६ बोरा चिनी, सुर्ती सहितको मुल्य १६ लाख ८६ हजार ९ सय बराबरको रहेको छ । बरामद भएको सामान र सामान धनीसहित सुनसरी भन्सार कार्यालय सेतुवन्ध कोशी व्यारेजमा वुझाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर