माओवादीको दावीः पार्टी सदस्य संख्या सात लाख ३५ हजार पुग्यो – Nepal Press

माओवादीको दावीः पार्टी सदस्य संख्या सात लाख ३५ हजार पुग्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रले सात लाख ३५ हजार जनाले पार्टीको साधारण सदस्यता लिएको दावी गरेकाे छ । शनिबारसम्म सदस्यता लिने म्याद रहेकोमा अहिलेसम्म ७ लाख ३५ हजारको विवरण प्राप्त भएको माओवादी कार्यालयका सचिव शिव खकुरेलले बताए । माओवादीले करिब ३१ लाख सदस्यता वितरण गर्ने लक्ष्य राखेकाे छ ।

‘अहिलेसम्म सात लाख ३५ हजारले सदस्यता लिएका छन्, गैरभौगोलिकबाट आउने संख्या एकीन गर्न बाँकी छ’, उनले भने । खकुरेलका अनुसार सदस्यता लिने म्याद शनिबारसम्म बाँकी रहेकाले संख्या थपिने अनुमान केन्द्रिय कार्यालयले लिएको छ ।

गत ६, ११, १२ र १३ असोजमा बसेको स्थायी कमिटीका निर्णय कार्यान्वयनका लागि जारी परिपत्रमा माओवादीले संगठन सुद्धृढीकरणको अभियानमा करिब ३० लाख ९४ हजार १६८ संगठित सदस्य र समर्थकलाई संगठित गर्ने लक्ष्य राखेको उल्लेख गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर