रुकुमपश्चिममा कांग्रेस प्रदेश अधिवेशन स्थगित – Nepal Press

रुकुमपश्चिममा कांग्रेस प्रदेश अधिवेशन स्थगित

सुर्खेत । रुकुमपश्चिममा नेपाली कांग्रेसको प्रदेश अधिवेशन स्थगित गरिएको छ । शुक्रबार कर्णाली प्रदेशकै प्रमुख धार्मिक स्थल डिग्रे शाईकुमारी मन्दिरमा लाग्ने मेलाको कारण प्रदेश अधिवेशन स्थगित भएको हो ।

धार्मिक मेलाका कारणले रुकुमपश्चिम प्रदेश निर्वाचन क्षेत्रमा हुन लागेको अधिवेशन स्थगित गर्नुपरेको नेपाली कांग्रेस रुकुमपश्चिमका सचिव गोरखबहादुर खत्रीले बताए ।

‘धार्मिक अवसरमा परापूर्वकालदेखि लाग्दै आएको महत्वपूर्ण स्थानीय पर्वसमेत रहेकाले अधिवेशन स्थगित गरिएको हो’, उनले भने, ‘स्थगित भएको प्रदेश अधिवेशन ५ मंसिरमा गरिने सहमति भएको छ ।’ रुकुमपश्चिमको सातौं जिल्ला अधिवेशन भने मंसिर ६ गते तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर