तराईमा चिसो सुरू, पराल बालेर न्यानो बनाइँदै (तस्बिरहरू) – Nepal Press

तराईमा चिसो सुरू, पराल बालेर न्यानो बनाइँदै (तस्बिरहरू)

महोत्तरी । पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली भएको छ । जसका कारण हिउँद सुरु भएसँगै चीसो पनि बढ्न थालेको छ ।

हिउँदमा हिमालमा उच्च हिमपात, पहाडमा कुहिरो र हुस्सु तथा तराईमा शीतलरहले जनजीवन निकै कष्टकर हुने गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले पनि अब दैनिक दुईदेखि तीन डिग्री सेल्सियसका दरले तापक्रम घटिरहने बताएको छ ।

चीसो सुरु भएसँगै तराईमा परालको घुर बालेर जाडो भगाउने प्रयास गरिन्छ । यसको धुवाँले लामखुट्टे, भुसुनालगायतबाट पनि जोगिने विश्वास गरिन्छ ।

तराईवासीलाई चीसो र शीतलहरले हरेक वर्षको हिउँदमा दैनिकी निकै कठिन बनाउने गरेको छ ।

नेपाल प्रेसकर्मी सरोज बैजुले खिचेका यी तस्बिरमा महोत्तरी जलेश्वर क्षेत्रका स्थानीयवासीले परालको घूर बालेर न्यानो खोज्दै गरेको देख्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर