गायिका प्रविशा र प्रेमी निर्माणबीच ‘इन्गेजमेन्ट’ – Nepal Press

गायिका प्रविशा र प्रेमी निर्माणबीच ‘इन्गेजमेन्ट’

काठमाडौं । गायिका प्रविशा अधिकारीले प्रेमी निर्माण सिटौलासँग टीकाटालो गरेकी छिन् । आइतबार झापास्थित घरमा उनीहरुले इन्गेजमेन्ट गरे । उनीहरुबीच आगामी आइतबार बिहे हुँदैछ ।

लामो समय अमेरिकामा रहेका निर्माण प्रविशासँग बिहे गर्न दशैंँअघि नेपाल आएका थिए । निर्माण झापा चारपानेका हुन् । बिहेकै लागि दुबैजना अहिले झापा पुगेका छन् ।

पारिवारिक सहमतीमा यी दुबैजनाको बिहे अघि बढेको हो । लामो समयदेखि भर्चुअलरुपमा सम्बन्धमा बसेपनि निर्माण काठमाडौं आएपछि उनीहरुको पहिलोपटक भेट भएको हो ।

मंसिर ५ गते प्रविशाले आफ्न परिवार र आफन्तलाई साक्षी राखेर निर्माणसँग बिहे गर्न लागेकी हुन् । प्रविशा द भ्वाइस किड्स कोच बनेपछि अहिले चर्चामा छिन् । उनी युवापुस्तामा रुचाइएकी गायिका हुन् ।


प्रतिक्रिया

One thought on “गायिका प्रविशा र प्रेमी निर्माणबीच ‘इन्गेजमेन्ट’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर