काठमाडौंमा शुक्रबारदेखि ग्लोबल युथ लिडरसीप समिट हुँदै – Nepal Press

काठमाडौंमा शुक्रबारदेखि ग्लोबल युथ लिडरसीप समिट हुँदै

काठमाडौं । विश्वका ४३ भन्दा बढी देशका युवाहरुको प्रत्यक्ष सहभागिता रहने ग्लोबल युथ लिडरसीप समिट २०२१ शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।

ग्लोबल युथ पार्लियामेन्ट आयोजनामा हुने सम्मेलनको उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय सभागृहमा विशेष समारोहबीच उद्घाटन गर्नेछन् । सम्मेलनमा सहभागि हुन ४३ देशका १ सयभन्दा बढी युथ लिडरहरु काठमाडौं आइपुगेका छन् । उनीहरु होटल र्याडिसनमा आयोजना हुने सम्मेलनको बन्द सत्रमा समेत सहभागि हुनेछन् ।

सोमबारसम्म चल्ने सम्मेलनमा प्रत्यक्ष र भर्चुअल माध्यमबाट विश्वका ८० भन्दा बढी देशका ४ सय बढी युथ लिडरहरु सहभागि हुने ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्यालले बताए ।

सम्मेलनका दौरान अन्तर्राष्ट्रिय सरोकारका विभिन्न ७ विषयमा कार्यपत्र प्रस्तुति र छलफल हुनेछ । सम्मेलनले काठमाडौं घोषणापत्र जारी गर्ने अध्यक्ष अर्यालले जानकारी दिए । सम्मेलनको उद्घाटन सत्रमा विभिन्न क्षेत्रका उदयीमान युवा प्रतिभा एवं लिडरहरुलाई ‘ग्लोबल युथ लिडरसीप अवार्ड’ प्रदान गरिनेछ ।

ग्लोबल युथ पार्लियामेण्टले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरु आयोजना गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर