मन्त्री गड्करीको भ्रमण अन्तिम समयमा स्थगित, एयरपोर्ट पुगेका परराष्ट्र र दूतावास अधिकारी पनि फर्किए – Nepal Press

मन्त्री गड्करीको भ्रमण अन्तिम समयमा स्थगित, एयरपोर्ट पुगेका परराष्ट्र र दूतावास अधिकारी पनि फर्किए

काठमाडौं । भारतीय सडक यातायात तथा परिवहनमन्त्री नितिन गड्करीले नेपाल भ्रमण अन्तिम समयमा स्थगित गरेका छन् । उनी आज पतञ्जली योगपिठको एक कार्यक्रममा भाग लिन योगगुरु रामदेव र आचार्य बालकृष्णसँगै आउने कार्यक्रम थियो ।

मन्त्री गड्करीलाई स्वागत गर्न भारतीय दूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरु समेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । रामदेवले पनि विमानस्थलमा गड्करीको आगमनबारे केही बोलेनन् । नेपाल प्रेससँगको कुराकानीमा भारतीय दूतावासका प्रवक्ताले पनि गड्करीको आगमन स्थगित भएको बारे प्रतिक्रिया दिन मानेनन् ।

गड्करीले काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम थियो । परराष्ट्र मन्त्रालय र भारतीय दूतावासले पनि सुरुमा गड्करी आउने जनाएका थिए । उनी नआउने जानकारी पाएपछि परराष्ट्रका अधिकारीहरु फिर्ता भएका थिए । गड्करीको भ्रमण स्थगित हो वा पोस्टपोन्ड हो भन्ने बारे खुलाइएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर