रामदेव र आचार्य बालकृष्ण काठमाडौं आइपुगे (तस्बिर / भिडिओ) – Nepal Press

रामदेव र आचार्य बालकृष्ण काठमाडौं आइपुगे (तस्बिर / भिडिओ)

काठमाडौं । भारतीय योगगुरु रामदेव र पतञ्जली योगपिठका प्रमुख आचार्य बालकृष्ण आज काठमाडौं आइपुगेका छन् । भोलि काठमाडौंमा हुने पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन स्वामी रामदेव र बालकृष्ण आइपुगेका हुन् ।

पतञ्जलीले भोलि हुने कार्यक्रममा दुईवटा आध्यात्मिक च्यानल लन्च गर्ने कार्यक्रम छ । जसलार्ई प्रधानमन्त्री शेरबहादुुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

पतञ्जली योगपिठ नेपालका अध्यक्ष शालिग्राम सिंहका अनुसार पतञ्जलीको कार्यक्रममा स्वदेशी समृद्धि कार्ड कार्यक्रम पनि शुभारम्भ हुने भएको छ । रामदेव र बालकृष्णसँगै भारतीय यातायातमन्त्री नितिन गड्करी पनि आउने जनाइएको थियो । तर, उनी आइपुगेका छैनन् । गड्करीलाई स्वागत गर्न परराष्ट्र मन्त्रालयका अधिकारीहरुलाई एयरपोर्ट पठाइएपनि पछि फिर्ता बोलाइएको थियो ।

एयरपोर्टमा मिडियाकर्मीसँग बोल्दै रामदेवले भने, ‘नेपालसँग हाम्रो तीन दशकदेखिको सम्बन्ध छ । भारतपछि पतञ्जलीको मुख्य गन्तव्य भनेको नेपाल नै हो । हामी मेडिकल रिसर्च र कलेज पनि विस्तार गर्दैछौं । हामी नेपाललाई नयाँ सौगात दिँदैछौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर