सर्वोच्चमा आन्दोलन : कर्मचारी रमिते, सेवाग्राहीलाई सास्ती (तस्बिरहरू) – Nepal Press

सर्वोच्चमा आन्दोलन : कर्मचारी रमिते, सेवाग्राहीलाई सास्ती (तस्बिरहरू)

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सर्वोच्चकै केही न्यायाधीश इजलास बहिष्कार गरेर आन्दोलनमा छन् । नेपाल बार एशोसियसनको आव्हानमा कानून व्यवसायीले पनि दिनहुँ धर्ना दिइरहेका छन् । त्यस्तै न्यायाधीशहरू इजलासमा फर्कनुपर्ने दबाब दिँदै प्रधानन्यायाधीशको पक्षमा पनि दिनहुँ प्रदर्शन भइरहेका छन् ।

न्यायाधीश र वकिलको बेन्च-बार बहिष्कारको मारमा भने सेवाग्राही परेका छन् । दैनिक आन्दोलनका कारण सेवाग्राही गेटबाट भित्र पस्न पाएका छैनन् । मुद्दाको छिनोफानो विलम्ब भएको भन्दै अदालत धाएर उनीहरू दिनहुँ गुनासो गरिरहेका छन् ।

मुद्दाको पेसी र तारिखमा हप्तौंदेखि धाइरहेका सेवाग्राही आन्दोलन र सुरक्षा व्यवस्था कडाइका कारण सहजरूपमा छिर्न पाएका छैनन् । बिहान १० बजेदेखि सर्वोच्च परिसरमा वकिल र प्रहरीबीचको घम्साघम्सी  र ठेलमठेलको रमिते बनेका छन् सर्वोच्चका कर्मचारी । उनीहरू बरण्डा र झ्यालबाट मोबाइल निकालेर आन्दोलन र प्रहरी-वकिल झडपको फोटो, भिडिओ कैद गरिरहेका हुन्छन् ।

तस्बिरहरू: उमेश कार्की/गौरव पौडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर