माधव नेपालले भने- सर्वोच्चको समस्या समाधानमा प्रधानमन्त्रीले पहल गर्नुपर्छ (भिडिओ) – Nepal Press

माधव नेपालले भने- सर्वोच्चको समस्या समाधानमा प्रधानमन्त्रीले पहल गर्नुपर्छ (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या समाधानमा जोड दिएका छन् । त्यसका लागि प्रधानमन्त्रीको हैसियतमा शेरबहादुर देउवाले पहल गर्नुपर्ने नेपालले बताए ।

नेकपा एस सुदूरपश्चिम कार्यालयको उद्घाटनका लागि धनगढी पुगेका नेपालले पत्रकारसँगको जिज्ञासामा साझा धारणा बनाएर राम्रो वातावरणमा छिटो समाधान हुनुपर्ने बताए ।

गठबन्धनमा पनि यसबारे छलफल भएको भन्दै नेता नेपालले भने, ‘यसबारे सबै पक्षको ध्यानाकर्षण गराउने निर्णय भएको छ र प्रधानमन्त्रीले यसको निम्ति आफ्नो हैसियतबाट पनि पहल गर्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर